निर्वाचन सफल पार्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

निर्वाचन सफल पार्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन्। “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उनले भने, “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए । पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उनले सुनाए । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ११ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन