भृकुटी कागज कारखानाको समस्या समाधान गर्छु : शशांक कोइराला | Khabarhub Khabarhub

भृकुटी कागज कारखानाको समस्या समाधान गर्छु : शशांक कोइराला


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासीपूर्व – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन्।

गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने ।
केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।

“उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ”, उनले भने, “रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ ।” राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए । आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ११ : १५ बजे

 करेन्ट लागेर एक जनाको मृत्यु

बाँके– डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन