कुश्मा-बलेवा यान्त्रिक पुल बन्द गरिने « Khabarhub

कुश्मा-बलेवा यान्त्रिक पुल बन्द गरिने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ । पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ । पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द गरिने कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए ।

पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका वडा नं १४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवतजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक-एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको शर्माले बताए । तर यसपटक लामो समयपछि मात्रै मर्मत गर्न थालिएको हो ।

यान्त्रिक पुल बन्द हुँदा दुवै क्षेत्रका सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ-कैया झोलुङ्गेपुल वा शुल्क तिरेर बन्जी पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

२०६८ मा करिब चार करोडको लागतमा बनाइएको यो पुलबाट एक डब्बामा एकपटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवतजावतकै गर्दै आएका छन् । पुलका कारण स्थानीयलाई यात्रामा सहजता हुनुका साथै सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । पुल प्रयोग गर्नका लागि स्थानीयवासी र अन्य यात्रुका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ५५ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा