रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति « Khabarhub

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति हुनुका साथै जलविद्युत आयोजनाहरू र अन्य भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीका कारण घर, सडक, पुल र विद्युत् आपूर्ति प्रणालीमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।

बाढीका कारण सो क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण आयोजनाहरू ठप्प भएका छन् । 

प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ‘ए’, त्रिशुली ३ ‘बी’ हब २२० के.भी. सवस्टेशन, त्रिशुली र देविघाट जलविद्युत केन्द्र एवम् विभिन्न वितरण संरचनाहरू क्षतिग्रस्त भएका छन् । ठूलो क्षतिसँगै सो क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राकृतिक प्रकोपका कारण प्रभावित तथा बेपत्ता भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण नागरिकहरूको तत्काल खोज, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्राधिकरणले सम्बन्धित सबै पक्षलाई प्रभावकारी रूपमा परिचालित हुन र सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ११ : ३४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा