३८ क्विन्टल सुन तस्करी प्रकरण– विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त « Khabarhub

३८ क्विन्टल सुन तस्करी प्रकरण– विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा तानिएका न्यायाधीश उमेश कुमार सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ ।

सोमबार साँझ बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश सिंहलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरकै न्यायाधीशहरु थीरबहादुर कार्की र साधुराम सापकोटाको २ वर्षका लागि बढुवा रोक्का गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन प्रक्रिया चित्त बुझ्दो नभएको कारण देखाउँदै परिषदको बैठकले कार्की र सापकोटाको बढुवा प्रक्रिया २ वर्षसम्मका लागि रोक्का गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका न्यायाधीशहरु कार्की र सिंहलाई गम्भीर प्रकृतिको कार्यमा संलग्न भएको भन्दै परिषदले स्पष्टीकरण सोधेको थियो । सिंहको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि उनलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको परिषद स्रोतले जानकारी दियो ।

विराटनगर उच्च अदालतका ८ जना न्यायाधीश मोरङ उर्लाबारीका सनम शाक्य हत्या र ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका थिए । जसमध्ये ५ जना न्यायाधीशले भने यसअघि नै परिषदबाट सफाइ पाइसकेका थिए ।

परिषदले उच्च अदालत विरटानगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल तथा न्यायाधीशहरु सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ४९ बजे

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम