जंगली जनावरको अतिक्रमण समाधान मतदानको चाहना « Khabarhub

जंगली जनावरको अतिक्रमण समाधान मतदानको चाहना


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिया– आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाता उम्मेदवार र उनीहरूका प्रतिबद्धताका विषयमा छलफल गर्न थालेका छन् । विगतमा निर्वाचित जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा मतदातामा विश्वासको वातावरण बन्न नसकेको मतदाताहरू बताउँछन् । जिल्लाको गेरुवा गाउँपालिकाका वडा नं ४ को गिदपुरकी भुमिसरा चलाउनेले दशकौँदेखि वर्षामा बाढी पसेर क्षति पुर्‍याउने गरेको र हिउँदमा हात्तीलगायतका जङ्गली जनावरले भित्र्याउन तयार भएको अन्नबाली नोक्सान पुर्‍याउने गरेको बताउँछिन् । उनले बाढी र जङ्गली जनावरको अतिक्रमणको समस्यालाई साँच्चिकै समाधान गर्नेलाई यसपटकको निर्वाचनमा मतदान गर्ने विषयमा छलफल चलेको बताइन्।

यस्तै मधुवन नगरपालिका-३ धनैराका रामकृष्ण थारूले नेपाल-भारत सीमाक्षेत्रमा रहेको गाउँमा भारतीय जंगलबाट नेपाल पसेर जङ्गली जनावरले दुःख दिने समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिए। ‘सीमा क्षेत्रमा तारबार गर्न सकियो भने जङ्गली जनावरबाट जनताको अन्नबाली जोगिन्थ्यो’, उनले भने, ‘तारबारले अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा पनि हुने र समस्याको समाधान पनि हुन्छ ।’

जिल्लामा छ नगरपालिका र दुई गाउँपालिका गरी आठ पालिका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा-१ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता र प्रदेशसभा क्षेत्र नं १ (१) मा ८१ हजार नौ सय १९ मतदाता र क्षेत्र नं १ (२) मा ८० हजार सात सय ४३ मतदाता रहेका छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख  ५२ हजार छ सय २२ मतदाता र प्रदेशसभा-२ (१) मा ८१ हजार छ सय ६१ मतदाता क्षेत्र-२ (२) मा ७० हजार नौ सय ६१ मतदाता गरी बर्दियामा जम्मा तीन लाख १५ हजार दुई सय ८४ मतदाता रहेका छन् ।

बर्दिया-१ मा एक स्वतन्त्रसहित यहाँ १० उम्मेदवार रहेका छन् । यस क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार बनेका छन् । यस्तै नेकपा (एमाले) बाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । 

एमालेका उम्मेदवार ज्ञवालीले बर्दियाका भूमिहीन सुकुम्बासी, मुक्तकमैया र बर्दियाका जनताको हकअधिकारका लागि आन्दोलन गरेको, उनीहरूको सुख, दुःखको साथी भएको हुनाले आफूलाई जनताले मत दिने बताए। 

गठबन्धनको तर्फबाट बर्दिया-१ का उम्मेदवार कांग्रेस उम्मेदवार गौतमले विगतमा आफूले बर्दियामा धेरै विकास निर्माणका काम गरेको दाबी गर्दै जनताले आफूलाई भोट दिने उनीहरूको भनाइ छ । गत प्रतिनिधिसभाको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए ।

बर्दिया क्षेत्र नं २ मा दुई स्वतन्त्रसहित आठ उम्मेदवार चुनावी मैदानमा भएता पनि त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ । यस क्षेत्रमा एमालेका पङ्कजसिंह राठौर, गठबन्धनबाट माओवादी केन्द्रका सुरेश पन्थ र राप्रपाका विनय रावलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थले बर्दियाको विकासको मोडलको खाका आफूसँग भएको हुनाले चुनाव जित्ने दाबी गरे । एमालेका उम्मेदवार पङ्कजसिंह राठौरले बर्दियाको विकास तथा राष्ट्रियताको संरक्षणका लागि आफूलाई जनताले भोट दिने बताए । यस क्षेत्रमा राप्रपा र स्वतन्त्र उम्मेदवारको समेत प्रभाव राम्रो भएकाले पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ४९ बजे

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ