लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन : नेता पौडेल « Khabarhub

लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन : नेता पौडेल


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताएका छन् ।

जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा आज आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘राजनीतिक यात्राको अवधिभर मैलै कुनै पनि दाग नलगाएको व्यक्ति हुँ । भ्रष्टाचारी मुद्दा लागेका व्यक्तिलाई मत दिएर खेर नफ्याँक्नुहोस् ।’

स्वतन्त्रबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रहनुभएका गोविन्दराज जोशीप्रति लक्षित गर्दै नेता पौडेलले भने । भ्रष्टाचार लागेका व्यक्तिले चुनाव जिते पनि संसद् छिर्न नपाउने हुँदा समयमै ख्याल गर्न आग्रह गरे। आफ्ना अपूरा योजनालाई पूरा गर्दै गाउँगाउँमा बस्ने वातावरण सिर्जना गरी रोजगारीको व्यवस्था मिलाएर विदेशिने शक्तिलाई रोक्न पहलकदमी गरिने उनले बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देखिएकाले त्यसको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरेको उनको स्पष्टोक्ति थियो । केही अधुरा काम पूरा गर्दै समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको प्रतिबद्धता रहेको छ । कार्यक्रममा गठबन्धनका नेकपा (माओवादी केन्द्र)का प्रदेश सभासदस्यका उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनको सरकारले देश विकासमा कायपलट गर्ने योजना लिएर अघि बढेकाले बिजयी गराउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ४४ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न