कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : बेदुराम भुसाल | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : बेदुराम भुसाल


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहेको बताए ।

उनले तत्कालीन समयमा प्राप्त उपलब्धि रक्षाका लागि पार्टीभन्दा देश, जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको आफूहरुको विश्लेषणपछि विद्रोह गरेको बताए । ।

राजनीतिक अधिकारसहित आर्थिक सामाजिक सांस्कृतिक अधिकार र समानतासहितको स्वतन्त्रता अहिलेको आवश्यकता भएको भन्दै महासचिव भुसालले राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भए पनि सामाजिक सांस्कृतिक दृष्टिकोणबाट हेर्दा अझै पनि देशमा जातीय वर्गीय भाषिक सामाजिक विभेद विद्यमान भएकाले त्यसविरुद्ध अभियानको खाँचो औँल्याए ।

कार्यक्रममा कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी) का केही पदाधिकारी, पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरु एकीकृत समाजवादीमा समाहित भएका छन् । पार्टीमा समाहित हुने नेताहरुलार्ई महासचिव भुसालले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : १८ बजे

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं– गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ