सत्ता गठबन्धनले बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने « Khabarhub

सत्ता गठबन्धनले बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्तारुढ गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालयका सदस्य डा सुरेश आचार्यले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ । बैठकले एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने निर्णयसमेत गरेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ३० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी