ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश: ‘महामारीमा जनतालाई लुट्नुभयो’ | Khabarhub Khabarhub

ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश: ‘महामारीमा जनतालाई लुट्नुभयो’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् ।

कााठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिष्पर्धी पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु । तपाइँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाइँले केही पनि गर्न सक्नुभएन ।’ पौडेलले भने ।

त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए । त्यसैगरी आफूहरुले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरु पूरा गर्ने समेत बताए ।

‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनले भने, ‘त्यसकाराण तपाइँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ ।’

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे । स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्धा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए ।
‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु । तपाइँहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो । तपाइँहरुलाई स्यालुट गर्न चाहान्छु । म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन् ।’ उनले भने ।

निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन् । उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ०० बजे

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित

मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

नयाँदिल्ली- गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख 

पाटन– सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति

मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलमा रहेको नेपाली दूतावासले के भन्यो ?

काठमाडौं- मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका