धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङको ज्वालामुखी गाउँपालिका ४ टारीमा बोलेरो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

टारीबाट अर्याल गाँउतर्फ जाँदै गरेको ग१ज ५५८० नम्बरको धान, पराल बोकेको बोलेरो ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्वालामुखी ४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । भने बोलेरो चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ज्वालामुखी ४ अर्याल गाउँका बोलेरो चालक २० वर्षीय समिर गदेल, सोही स्थानका ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर बिक, ५२ वर्षीय किसन बिक र १५ वर्षका प्रितम गदेल रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ३२ बजे

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य