सञ्चारकर्मीले समृद्धिका लागि योगदान गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ « Khabarhub

सञ्चारकर्मीले समृद्धिका लागि योगदान गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्दै नेपाली समाजको समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको प्रथम वार्षिकोत्सवका अवसरमा आज पोखरामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उजले विगतमा पनि लोकतन्त्र र परिर्वतनका लागि सञ्चार क्षेत्रले राम्रो भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालको परिर्वतनको आन्दोलनमा सञ्चार क्षेत्रको भूमिका असाध्यै महत्वपूर्ण रहेको जगजाहेर छ । लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागिसमेत आगामी दिनमा सञ्चारकर्मीले नेतृत्वदायी भूमिका पूरा गरेर समृद्धिका लागि योगदान पु¥याउन आग्रह गर्दछु ।’

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा अग्रगमनकारी र परिर्वतनका पक्षधर शक्तिहरुको गठबन्धनले विजय प्राप्त गर्दा मात्र देशमा स्थिरता र विकास हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ५२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको