इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु « Khabarhub

इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तेहरान – महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको मृत्यु भएको इरान मानव अधिकार (आईएचआर)ले जनाएको छ।

प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा मृत्युलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन्।

ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको मृत्यु भएको थियो। उनको मृत्युले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ।

ओस्लोमा रहेको आईएचआरले आफ्नो वेबसाइटमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा बलहरूले ४३ बालबालिका र २५ महिलासहित कम्तीमा ३२६ जनाको ज्यान लिइसकेको छ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ३० बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै