भूकम्प पछि बझाङमा घर बाहिर बस्न ‘माइकिङ’ « Khabarhub

भूकम्प पछि बझाङमा घर बाहिर बस्न ‘माइकिङ’


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बझाङ – खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।

पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । “मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।

खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : १३ बजे

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत

धापवासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौं– टोखा नगरपालिका–७ स्थित धापवासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी

करिव सात करोड लागत जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ– कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी

अपाङ्गता भएकालाई विपद पूर्वसूचनाबारे सिकाइँदै

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद