सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी « Khabarhub

सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन्।

चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन्। जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए।

‘अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस्’, उम्मेदवार भण्डारीले भने, ‘के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु।’

भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा चिन्तित रहेका थानीय बासिन्दाले निकै सास्ती भोग्दै आएका छन्।

त्यसैगरी अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले गरेका छन्। खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उक्त पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको