साम्राज्ञी र उपासनाको भिडन्तमा घाटा कसलाई ? « Khabarhub

साम्राज्ञी र उपासनाको भिडन्तमा घाटा कसलाई ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पहिलेका वर्षका तुलनामा यसवर्ष खासै धेरै फिल्म बनेका छैनन् । केही राम्रा ब्यानरका फिल्म निर्माणका क्रममा छन् । तर, नयाँ फिल्ममेकरले नयाँ प्रोजेक्टमा कम लगानी गरिरहेका छन् । चलचित्र निर्माणमा बिस्तारै फिल्टर हुन थालेको छ । त्यसो त केही ठूला ब्यानरका फिल्म यतिबेला धमाधम शूटिङमा व्यस्त छन् । केही फिल्म निर्माण हुने औपचारिक घोषणा भइरहेको छ ।

पहिलेका वर्ष फिल्म धेरै हुँदा एकपछि अर्को गर्दै फिल्म जुधिरहेका हुन्थे । तर, अहिले तुलनात्मक रुपमा कम फिल्म निर्माण भइरहेका छन् । तर पनि फिल्मलाई एउटै मितिमा रिलिज गर्ने परिपाटी नेपाली फिल्मकर्मीको गएको छैन ।

आउँदो भदौ १३ मा दुई फिल्म ‘कबड्डी ३’ र ‘मारुनी’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । जबकि, मेकिङका हिसाबले यी दुवै चलचित्रको उत्तिकै चर्चा छ । अर्कातिर ‘कबड्डी ३’ सुपरहिट सिक्वेलका कारण पनि चर्चामा छ । यो फिल्मले स्वत: दर्शक पाउने अनुमान गरिएको छ ।

फिल्म टिमले कलाकारको चयन पनि त्यसरी नै गरेको छ । ‘क्याप्टेन’ बाट चर्चामा आएकी उपासनासिंह ठकुरी पनि यो फिल्ममा देखिँदैछिन् । यस्तै दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ र अघिल्लो सिक्वेलका केही कलाकारले पनि यो फिल्ममा अभिनय गर्नेछन् ।

यता सोही मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको अभिनय रहने फिल्म ‘मारुनी’ पनि रिलिज हुँदैछ । यो फिल्म खासगरी साम्राज्ञीका कारण बढी चर्चामा छ । केही हप्ताअघि सार्वजनिक गरिएको फस्ट लूकले पनि फिल्मको क्रेज बढाइरहेको छ । तर, नेपालको परिवेशमा कमेडी फिल्मले अन्य जानराका फिल्मलाई सधै थिचिरहेको अवस्था छ ।

तस्वीर – आर्यन बिमली

एकातिर साम्राज्ञीको चर्चा भइरहँदा अर्कातिर उपासनाको पनि उत्तिकै चर्चा भइरहेको छ । यी दुवैका फ्यान फलोइङ दिनानुदिन बढिरहेका छन् । एक हिसाबले फिल्म हलमा एकैपटक रिलिज हुनु भनेको साम्राज्ञी र उपासनाको क्रेज देखिनु भन्ने पनि हो ।

कतिपयले दुईटै प्रतीक्षित फिल्म एउटै मितिमा रिलिज हुँदा दुवै फिल्मलाई सीधै घाटा हुने बताउँछन् । आखिर जति नै स्तरीय फिल्म भए पनि एकसाथ रिलिज हुँदा दर्शक बाँडिने नै हुन् । घाटा हुने त दुवै पक्षलाई नै हो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ५४ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ