माजोङ बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो | Khabarhub Khabarhub

माजोङ बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा रहेकोे माजोङ क्यासिनाले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेबापत प्रदान गरिदै आएको पुरस्कार ‘अन्तराष्ट्रिय ट्राभल अवार्ड २०२२’ क्यासिनो माजोङले प्राप्त गरेको हो । नोभेम्वर ११ मा नयाँ दिल्लीमा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

साथै दक्षिण एशियाको सर्वश्रेष्ठ क्यासिनो महाप्रबन्धकको पुरस्कार क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य बिक्रम राणाले जितेका छन् ।

भारतका उत्तराखण्डका चिफ मिनिस्टर पुस्कर सिं धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री श्री अजय भाठज्यूको प्रमुख आतिथ्यमा हालै भारत नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट क्यासिनो माजोङका महाप्रवन्धक अमुल्य बिक्रम राणालाई यो सम्मान प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी बृत्तचित्र प्रस्तुत गरेको थियो ।२०६९ साल पुस १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो ।

क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेन्ट प्रा।लि।आफैले क्यासिनो इजाजत पत्र प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ ।

सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनैपनि राजश्व रकम बुझाउन बांकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले २८ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २६ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय