साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य « Khabarhub

साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ।

‘अनलाइन फाराम भर्दा केही त्रुटिहरू भएको पाइएको छ। त्यसलाई सुधार गर्नुपर्ने खाँचो देखियो। राहदानी र नागरिकताको राम्रो क्वालिटी स्क्यान गरेर मात्रै अपलोड गर्नुहोला। आफ्नो नाम र थर लेख्दा ठिकसँग लेख्नुहोस् र आफ्नो स्थानीय निकायको नाम र वडा नं सही लेख्नुहोस्। अरू विवरणमा पनि कुनै त्रुटि हुन नदिनुहोस्।’ दूतावासले प्रकाशन गरेको सूचनामा भनिएको छ।

अनलाइन फाराम भरिसकेपछि त्यसलाई प्रिन्ट गरेर अन्य आवश्यक कागजातसँगै लिएर आउन भनिएको छ।  राहदानी नवीकरणको लागि अनलाइन फाराम आफैँ भर्ने वा आफ्नो कम्पनीको सहयोग लिएर भर्ने वा आफ्ना साथीभाइ/अन्य कसैको सहयोग लिएर भर्ने वा नेपालमा रहेका आफ्ना साथीभाइ वा परिवारको मदत लिएर भर्ने वा अरू कसैलाई लगाएर भराउन सकिने दूतावासले जनाएको छ।

अनलाइन फाराम नभरीकन वा प्रि-इनरोलमेन्ट नगरी आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने जनाएको छ। यो नियम लागू भए दूतावासको अहिले कै श्रोत साधनले अहिले भन्दा छिटो र धेरै सेवाग्राहीलाई सेवा दिन सकिने जनाइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ०७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी