निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण « Khabarhub

निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले संखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ।

प्राध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। ‘उपर्युक्त सम्बन्धमा तपाईँले आफ्नो फेसबुक पेजमार्फत नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले लेखेको पत्रमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा १० खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ।

सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख छ।

‘उल्लेखित सन्दर्भमा तपाईँले आफ्नो फेसबुक पेजमार्फत निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?,’ आयोगले सोधेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको