कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झँदै गरे ओलीको प्रशंसा « Khabarhub

कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झँदै गरे ओलीको प्रशंसा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका छन्।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कव्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्विटरमा लेखेका छन्।

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : १३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर