एक महिनामा ६२ हजारले लिए श्रम स्वीकृति | Khabarhub Khabarhub

एक महिनामा ६२ हजारले लिए श्रम स्वीकृति


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ।

मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला छन्।

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन्। असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्ष २०७९-८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १९ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो