पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो, अहिले सीधै ‘चोरी’ हुन्छन्: बाबु बोगटी | Khabarhub Khabarhub

पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो, अहिले सीधै ‘चोरी’ हुन्छन्: बाबु बोगटी


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक/नायक बाबु बोगटीले संगीत क्षेत्रमा कुनै समय राज गरेका थिए । अहिले भने उनी संगीतको क्षेत्रबाट केही सुस्ताएका हुन् कि भन्ने संगीतप्रेमीलाई लागेको छ । बीचमा केही समय फिल्ममा पनि अभिनय गरेका बोगटी यतिबेला भने अमेरिका र नेपाल गरिरहेका छन् ।

स्टेज कार्यक्रममा भने बोगटी अहिले पनि उत्तिकै व्यस्त छन् । यतिबेला नयाँ म्युजिक भिडियोसहित बजारमा संगीतप्रेमीमाझ आउन लागेका बोगटीसँग खबरहबले छोटो कुराकानी गरेको छः

‘टिकुली’ लिएर आउँदै हुनुहुन्छ ? यो गीतमा त्यस्तो खास के छ ?

यो गीत लोक रोमान्टिक शैलीको गीत हो । गीतमा संगीत र स्वर मेरो आफ्नै छ । शब्द भने नारद रिजालले लेख्नुभएको हो । फागुनको दोस्रो हप्तामा हामीले गीतको भिडियोसमेत लञ्च गर्दैछौँ । भिडियोमा मैले र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छौँ । गम्भीर विष्टले निर्देशन गर्नुभएको छ । मेरो शैलीका गीत मन पराउनेले यो गीत मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

गायक/अभिनेता यश कुमारसँग तपाईंको राम्रो सम्बन्ध थियो । बीचमा गीत चोरी गरेको भन्दै तपाईंहरुबीच राम्रो सम्बन्ध भएन अहिले कस्तो छ ?

उहाँसँग अहिले पनि राम्रो सम्बन्ध छैन । म नेपालमा भन्द धेरै विदेशमै हुन्छु । समरभरि अमेरिकातिरै हुन्छु । काम पर्दा मात्र नेपालमा आउँछु । उहाँसग खासै कुरा भएको छैन ।

तस्वीर – बाबु बोगटीको फेसबूक

संगीत क्षेत्रमा अहिले गीत चोरी काण्ड निकै आउन थाले, यसलाई कसरी हेर्नुहुन्छ ?

मलाई अचम्म लाग्छ । संगीतकारहरुको सिर्जना सकिएको हो कि, उहाँहरुको समय नपुगेको हो भन्ने त थाहा भएन । तर, यसरी हुबहू चोरी गर्नु राम्रो कुरा होइन । गीतको कुनै कड मिल्ने कुरा त संयोग हुन सक्यो । तर हबहू चोरी पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो । अहिले सीधै चोरी गर्ने चलन बढेको छ ।

‘देश खोज्दै जाँदा’ मा अभिनयको तारिफ निकै भयो तर फिल्ममा आउनुभएन नि ?

फिल्मका अफर आउँदै नआएका होइनन् । सो फिल्मपछि लामो समय अमेरिकातिर बसेँ । त्यसकारण पनि नेपालमा फिल्मका लागि भनेर समय दिन सकिनँ । दुई/चार लाखका लागि आफूलाई चित्त नबुझेको फिल्म किन गर्नु भन्ने लाग्न थाग्छ । फिल्ममा कमब्याक नभएको पनि लामो समय भएको छ । राम्रो प्रोजेक्टबाटै दर्शकलाई छाप पार्ने गरी कमब्याक हुने सोच हो ।

युट्युबमा पनि आफ्नै च्यानल बनाउनुभएको छ । प्रायः कलाकारले यही नै गरिरहेका हुन्छन् । फाइदा छ  ?

हो, च्यानल छ । पैसाको फाइदाभन्दा पनि यसलाई डिजिटल लाइब्रेरी बनाउने भनेर आफ्नै प्लेटफर्म बनाएको हुँ । पैसाभन्दा पनि अरुको च्यानलमा अपलोड गर्दा अरु कुराले समस्या पार्दोरहेछ । कतिपय आफ्नै भिडियोमा पनि कपीराइट लगाइदिने रहेछन् । पहिले बुझिएन । अहिले युट्युब मेरा लागि डिजिटल एल्बम् भएको छ । आफ्नो सम्पत्ति अरुलाई किन दिने भन्ने पनि लाग्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : १४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको