डोटीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण « Khabarhub

डोटीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग वाणिज्य संघ तथा डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

यही कार्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार विस्थापित भएका थिए । 

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको एनआरएनएले जनाएको छ । 

उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघ ढङ्गको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : २५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को