रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रुद्राभिषेक पूजा « Khabarhub

रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रुद्राभिषेक पूजा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरेका छन् । 

धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रुद्राभिषेक पूजा गरेका हुन् । 

रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रुद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ । पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए । 

मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू-वौद्ध राष्ट्रको एजेण्डालाई उठाइरहेका छन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ३८ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ