आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण « Khabarhub

आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार  दिवाकर खनाल, वागेश्वरी चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणपछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दाबढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको अधिकारीले बताए ।

नेपालगञ्ज वडा नं २० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गरे । वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लङ्घन भएको अधिकारीले बताए । 

जसपालाई प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेको दुई स्पष्टीकरण सोधिएको थियो । आचारसंहिता उल्लङ्घनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई सचेत गराइएकोसमेत उनले बताए। अधिकारीले मतदातालाई प्रभाव पार्नेगरी विकासका काम नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारवाही हुने चेतावनी दिए । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै