निर्वाचन नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै « Khabarhub

निर्वाचन नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मधुवन– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताको जमघट चोक चौराहामा चुनावी रौनक बढेको छ । मतदातामा दल र उम्मेदवारका एजेन्डाका विषयमा बहस र छलफल चल्ने गरेको छ ।

 जिल्लाको मधुवन नगरपालिका-४ बस्ने छोट्की सोनाहाका राजबहादुर चौधरी वर्षौँदेखि जङ्गली जनावर हात्तीलगायत  भित्र्याउन तयार भएको अन्नबाली नोक्सान गर्ने  र दुःख दिने जङ्गली जनावरको समस्या समाधान गर्नेलाई भोट दिने बताउँछन् । मधुवन नगरपालिका वडा नं.३ बस्ने भग्रैयाका रामबहादुर केसीले सीमावर्ती क्षेत्रमा रहेको गाउँ बस्तीमा जङ्गली जनावर हात्ती र बाघले धेरै दुःख दिने गरेको बताउँदै समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई मत दिने बताए। 

दुई  प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बर्दिया निर्वाचन क्षेत्र नं १ मा मतदाता सङ्ख्या एक लाख ६२ हजार ६ सय ६२ मतदाता रहेका छन् ।

बर्दिया निर्वाचन प्रतिनिधिसभा क्षेत्र नं २ मा मतदाता सङ्ख्या एक लाख ५२ हजार ६ सय २२ मतदाता रहेका छन् । बर्दिया निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री सञ्जय गौतम, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार रहेका छन्  । यस क्षेत्रमा गौतम र एमाले केन्द्रीय सदस्य ज्ञवालीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

बर्दिया निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार सुरेश पन्थ लोकतान्त्रिक वाम-गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सुरेश पन्थ, नेपाल कम्युनिस्ट पार्टी  एमाले वाट उम्मेदवार पङ्कज सिंह राठौर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल  र नागरिक उन्मुक्ति पार्टीका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ११ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको