कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने « Khabarhub

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ । चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

उनको अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै