एकदिवसीय क्रिकेटमा नेपालको हार, युएई ८४ रनले विजयी « Khabarhub

एकदिवसीय क्रिकेटमा नेपालको हार, युएई ८४ रनले विजयी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा नेपाल ८४ रनले पराजित भएको हो ।

नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर केबल १ सय ७९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । गुल्सन झाले १९ र आशिफ शेखले १२ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

युएईका आयान अफ्जल खानले ४ तथा बासिल हमिले २ विकेट लिए । यसअघि पहिलो इनिङ्ग्समा युएईका रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै, मुहम्मद वासिमले ४४ रन जोड्दा व्रित्य अरविन्दले ४० रन बनाए ।

नेपालका गुल्शन झाले ३ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ५५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको