जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै « Khabarhub

जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।

पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : १३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।