कृषिलाई आधुनिकीकरण गर्न पहल गर्ने प्रतिबद्धता « Khabarhub

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्ने प्रतिबद्धता


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पूर्वमन्त्री एवं जसपा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग कुराकानीमा यादवले पर्साका कृषकको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन्।

‘पर्साका कृषक अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ। उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन्। जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरुको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए।

छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु।’

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ६ : ३९ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका