लमजुङमा दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती | Khabarhub Khabarhub

लमजुङमा दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’ नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’ चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी ठूला पार्टीका उम्मेदवारप्रति चुनौती बनेका हुन् । 

गत स्थानीय तहको मतपरिणाम हेर्दा जिल्लामा सत्ता गठबन्धन र एमालेको मत बराबरीको हाराहारीमा छ । एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) बाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिष्पर्धामा छन् । यी दुई नेतासँगै अन्य साना पार्टी र स्वतन्त्रबाट थप ७ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।

जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङ र नेपाली कांग्रेस (वीपी) का उम्मेदवार डा। लक्ष्मीकान्त पौडेलले देवप्रसाद गुरुङलाई समर्थन गरिसकेका छन् । राप्रपा, राप्रपा नेपाल, नेमाकिपासहितका ७ उम्मेदवार अझै कायमै छन् । यिमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले प्राप्त गर्ने मतले भने गुरुङद्वयको भविष्य निर्धारण गर्ने मतदाताहरूको बुझाइ छ । 

०७४ को निर्वाचनमा पनि स्वतन्त्र र साना दलका उम्मेदवार थिए । त्यतिबेला चर्चामा रहेको विवेकशील साझा पार्टीका उम्मेदवार निर्देश सिलवालले ६ सय १८ मात्र मत ल्याए । त्यतिबेलाका चर्चित स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ७ सय ३२ मत ल्याए । चुनावको अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका जनसमाजवादी पार्टीका निराजन कुंवरले १ हजार ४ सय ६ मत ल्याएका थिए । यिमध्ये अहिले कुँवर देव गुरुङतिर र मिश्र पृथ्वीसुब्बातिर लागेका छन् । सिलवाल काठमाडौं-६ मा स्वतन्त्र उठेका छन् । 

अघिल्लो चुनावभन्दा यसपटक स्वतन्त्र र नयाँ अनुहारप्रति मतदाताले चासो राखेको पाइन्छ । त्यसैले स्वतन्त्र पार्टीका केसीले ठूला दलले अपेक्षा गरेभन्दा बढी मत ल्याउने मतदाताहरूको बुझाइ छ । उनले आफ्नो प्रचारलाई पनि तीव्र बनाउँदै लगेका छन् । उनको वरिपरि देखिएको भीडले पनि परम्परागत पार्टीको मत काट्ने अनुमान लगाउन सकिन्छ । विशेषगरी कांग्रेस र एमालेभित्र असन्तुष्ट रहेकाहरूको मत केसीले लैजाने अनुमान छ ।

विशेषगरी कांग्रेसभित्र रहेका द्वन्द्वपीडित र असन्तुष्ट समूह केसीको पक्ष खुलेको देखिन्छ । एमालेमा पनि ‘पटक-पटक एउटै नेता ? ’ भन्ने केही मतदाताको मन केसीतिरै छ । भलै उनले कांग्रेस या एमाले कसको मत बढी काट्छन्, यसले गुरुङद्धयको भविष्य निर्धारण गर्ने अनुमान छ । ‘चुनाव प्रचारको क्रममा मतदाताले पुराना दलबाट मत परिवर्तन गर्ने आश्वासन पाएको छु,’ केसीले भने, ‘सबै पालिकाका गाउँमा घुम्दा उत्साहित छु ।’

उनी उत्साहित बने पनि यसैपटक ठूला दलका उम्मेदवार लडाउने सम्भावना देखिदैन, बरु चुनौती भने बन्नेछन् । देव गुरुङलाई चुनाव जित्न गठबन्धन दलको सबै मत सुरक्षित गर्नुपर्ने हुन्छ । गठबन्धनमध्ये कांग्रेसको मात्र सबै मत ‘ट्रान्सफर’ हुन नसके गुरुङका लागि खतराको संकेत हुनसक्छ । एमालेका पृथ्वीसुब्बालाई पनि एमालेको सबै मत सुरक्षित गर्न नसके उस्तै खतरा छ । यी दुवै जोखिमकाबीच आफ्नो कुनै संगठन नै नभएका स्वतन्त्रका केसीको मत काट्ने संकेतले गुरुङद्धयलाई चुनौती थपिएको छ ।  

चार नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए । स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ०९ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा