तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता | Khabarhub Khabarhub

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।

निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतबार राति बेतहनीमा अवैध रुपमा भित्रिएको तीन सय ५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए । 

रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शंकाका आधारमा सोधपुछ गर्दा अवैध रुपमा भित्रिएको गहुँ फेला पारेपछि आइतबार रातिनै गहुँसहित उक्त ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। सुरक्षा गस्तीका क्रममा अन्य स-सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ । 

अवैध गहुँसहित पक्राउ परेको ट्रकमा चार सय २० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा तीन सय ५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए। ‘उक्त गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुनसकेको छैन, आज बयान हुँदैछ’,भट्टले भने। 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ३३ बजे

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल

नासामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौं– नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या

बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु

बैतडी– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने

काठमाडौं– आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने

गुल्मीमा सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी– यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक