विकासका एजेण्डासहित घर-घरमा उम्मेदवार « Khabarhub

विकासका एजेण्डासहित घर-घरमा उम्मेदवार


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिया– आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर बिक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत थिइन्। आफूले सहजै जित्ने  जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको  उनले बताए ।

सुकुम्बासी नेताका रुपमा परिचित नेकपा (माले) का भक्तबहादुर बिक यसपटक चुनावी मैदानमा उत्रिएका छन् । गरिब र सर्वहारा वर्गको उत्थानका  लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । आफूहरूले सहजै जित्ने सम्भावना रहेको बिक बताउँछन्। लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार छन् । यस्तै एमालेबाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेका उम्मेदवार ज्ञवालीले जिल्लाका भूमिहीन सुकुम्बासी, मुक्त कमैया र स्थानीय जनताको हकअधिकारका लागि आन्दोलन गर्दै आएको र उनीहरूको सुख-दुःखको साथी पनि भएको हुनाले आफूलाई जनताले मत दिने बताउँछन्।  

गठबन्धनको तर्फबाट बर्दिया-१ का उम्मेदवार कांग्रेसका गौतम विगतमा आफूले जिल्लामा धेरै विकास र निर्माणका काम गरेको जिकिर गर्दै जनताले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त छन्। गत प्रतिनिधिसभा सदस्यको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए ।

बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा-१ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा  प्रदेशसभा क्षेत्र नं १ (१) मा ८१ हजार नौ सय १९ मतदाता र क्षेत्र नं १ (२) मा ८० हजार सात सय ४३ मतदाता छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : १६ बजे

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन