विकासका एजेण्डासहित घर-घरमा उम्मेदवार « Khabarhub

विकासका एजेण्डासहित घर-घरमा उम्मेदवार


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिया– आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर बिक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत थिइन्। आफूले सहजै जित्ने  जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको  उनले बताए ।

सुकुम्बासी नेताका रुपमा परिचित नेकपा (माले) का भक्तबहादुर बिक यसपटक चुनावी मैदानमा उत्रिएका छन् । गरिब र सर्वहारा वर्गको उत्थानका  लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । आफूहरूले सहजै जित्ने सम्भावना रहेको बिक बताउँछन्। लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार छन् । यस्तै एमालेबाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेका उम्मेदवार ज्ञवालीले जिल्लाका भूमिहीन सुकुम्बासी, मुक्त कमैया र स्थानीय जनताको हकअधिकारका लागि आन्दोलन गर्दै आएको र उनीहरूको सुख-दुःखको साथी पनि भएको हुनाले आफूलाई जनताले मत दिने बताउँछन्।  

गठबन्धनको तर्फबाट बर्दिया-१ का उम्मेदवार कांग्रेसका गौतम विगतमा आफूले जिल्लामा धेरै विकास र निर्माणका काम गरेको जिकिर गर्दै जनताले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त छन्। गत प्रतिनिधिसभा सदस्यको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए ।

बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा-१ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा  प्रदेशसभा क्षेत्र नं १ (१) मा ८१ हजार नौ सय १९ मतदाता र क्षेत्र नं १ (२) मा ८० हजार सात सय ४३ मतदाता छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै