सेयर बजार नेप्सेमा ६.५९ अंकको गिरावट  « Khabarhub

सेयर बजार नेप्सेमा ६.५९ अंकको गिरावट 


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ ।

१८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोबार भएको  छ ।  

सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ ।  उपसूचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ५६ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता