‘गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ’ « Khabarhub

‘गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले पाउनुपर्ने बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक-वाम गठबन्धन निर्माण भएको बताउँदै उनले गठबन्धन दीर्घकालसम्म रहने बताए ।

सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको गठबन्धन भएको बताएका छन् । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरूको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । 

उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए ।
दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ५५ बजे

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा