बसको ठक्करबाट झापामा एक दम्पतीको मृत्यु « Khabarhub

बसको ठक्करबाट झापामा एक दम्पतीको मृत्यु


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा – पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : १२ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार