मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : उपेन्द्र यादव « Khabarhub

मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : उपेन्द्र यादव


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा सय वर्षदेखि शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि सङ्र्घष जारी नै रहेको बताए।

मुलुकमा सङ्घीय गणतन्त्र स्थापना गर्न जसपा पार्टीको अहम् भूमिका रहेको भन्दै उनले मधेसी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको बताए।

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा जसपा अध्यक्ष यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा समेत जोड दिए । उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अति नै खर्चिलो छ, पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

‘सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ’, उनले भने । अध्यक्ष यादवले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गरे । देशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए मधेसी जनतालाई लाभ हुने उनको भनाइ थियो ।

चुनावी सभामा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समृद्ध मधेसको विकास गर्न प्रदेशसभा सदस्यमा पुनः उम्मेदवारी दिएको बताए । मधेस प्रदेशसहित अधिकार प्राप्तिको सरकार हुनुपर्ने बताउँदै उनले विकास र अधिकारका लागि जसपाका उम्मेदवारलाई जिताउन मतदातासमक्ष आग्रह गरे ।

पार्टी प्रवक्ता मनिष सुमनले मधेसी जनताको पहिचान जोगाउनका लागि प्रतिनिधिसभाका उम्मेदवार एवं पार्टी अध्यक्ष यादवलाई जिताउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ४८ बजे

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन