जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की « Khabarhub

जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इनरुवा – लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मङ्गलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उनले आफू निष्ठा र इमान्दारीको राजनीति गर्ने व्यक्ति भएकाले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने काम मात्र जनतासामु राख्ने गरेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

केही व्यक्तिले झुट्टा अश्वासन बाँड्दै हिँडेको भन्दै उनले सही र अश्वासन पूरा गर्ने उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे । सुनसरीको दिगो विकास, समृद्धि, शिक्षा, कृषि, भौतिक निर्माण, सडकलगायतको क्षेत्रमा सुधारका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो