एसियन खेलकुद पत्रकारको अवार्ड पाकिस्तानी पत्रकारलाई « Khabarhub

एसियन खेलकुद पत्रकारको अवार्ड पाकिस्तानी पत्रकारलाई


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले पहिलो पटक प्रदान गरेको एसियाली खेल पत्रकारको अवार्ड पाकिस्तानका अमजाद अजीज मलिकले प्राप्त गरेका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रमबाट पाकिस्तान खेलकुद लेखक एसोसियसनका अध्यक्ष मलिक अर्वाडबाट सम्मानित भएका हुन् ।

मलिकले पाकिस्तानमा रहेर आफ्नो जीवनकालमा एसियाली खेल पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई अवार्डसहित सम्मानित गरेको हो ।

खेल पत्रकारीतासँगको उनको यात्रा ३५ वर्ष लामो रहेको मञ्चले जनाएको छ । उनले ओलम्पिक खेलदेखि साग गेम्स लगायत सबै खुलकुदलाई महत्वपूर्ण स्थान दिएर समाचार संकलन गर्दै खेलकुद विकासमा योगदान गरेका छन् ।

मलिकले अहिलेसम्म खेलकुदसम्बन्धी १२ किताब प्रकाशन गरीसकेका छन् भने ३ सय भन्दा धेरै अनुसन्धान गरेका जनाइएको छ । यस्तै, मलिक सन् १९९९ र २००० मा उत्कृष्ट कमेन्टेटरको अवार्डबाट सम्मानित भएका थिए । मलिकले अवार्डसहित ५० हजार नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : १० बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको