भोजपुरमा चुनावीसभा नजिकै बम विष्फोट « Khabarhub

भोजपुरमा चुनावीसभा नजिकै बम विष्फोट


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । 

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । ‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ३४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी