पोल्याण्डमा रुस नभई अन्यत्रैबाट क्षेप्यास्त्र प्रहार भएको हुनसक्छ : बाइडेन « Khabarhub

पोल्याण्डमा रुस नभई अन्यत्रैबाट क्षेप्यास्त्र प्रहार भएको हुनसक्छ : बाइडेन


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्ड खसेको क्षेप्यास्त्र रुसबाट नभई अन्यत्रैबाट प्रहार गरिएको हुनसक्ने बताएका छन् । जी २० को शिखर सम्मेलनका क्रममा इण्डोनेशियाको बालीमा रहेका राष्ट्रपति बाइडेनले उक्त क्षेप्यास्त्र रुसबाट नै प्रहार गरिएको भन्नु हतार हुने टिप्पणी गरेका हुन् ।

यसअघि अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै समाचार संस्था एपीले रुसबाट प्रहार गरिएको क्षेप्यास्त्रले नेटो सदस्य राष्ट्र पोल्याण्डको प्रेजेवदो गाउँमा रहेको अन्न सुकाउने स्थानमा दुई जनाको ज्यान गएको जनाएको थियो ।

युक्रेनबाट केबल ६ किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा प्रहार गरिएको उक्त क्षेप्यास्त्र ‘रुसमा निर्मित रहेको हुनसक्ने’ पोलिश राष्ट्रपति आन्द्रेई डुडाले उल्लेख गरेका थिए । यद्यपि उक्त क्षेप्यास्त्र कसले प्रहार गरेको भन्नेबारे स्पष्ट नभइसकेको जनाइएको छ ।

नेटो सदस्य मुलुकमाथि क्षेप्यास्त्र प्रहार भएको घटनाबारे छलफल गर्न नेटोको आपतकालीन बैठक बस्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति बाइडेनले नेटो सदस्य मुलुकहरुले घटनाबारे पूर्ण जाँचबुझ गर्ने र त्यसपछि मात्र उपयुक्त कदम चाल्ने जनाएका छन् ।

रुसबाट नै त्यस क्षेप्यास्त्र प्रहार गरिएको भन्नु हतार हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा बाइडेनले भने, ‘प्रारम्भीक सूचनाबाट त्यही भन्न सकिन्छ । हाम्रो पूर्ण अनुसन्धान नभई यसै हो भन्न म चाहन्न तर क्षेप्यास्त्रको मार्ग हेर्दा रुसबाट प्रहार गरिएकोजस्तो देखिन्न । हामीले हेर्नुपर्छ ।’

पोल्याण्डमा क्षेप्यास्त्र खस्नुअघि रुसले युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण गरेको थियो । यसअघि सोही आक्रमणका क्रममा कुनै क्षेप्यास्त्र युक्रेनको सीमा नाघेर पोल्याण्डमा खसेको हुनसक्ने अनुमान गरिएको थियो ।

त्यस्तै, रुसी विदेश मन्त्रालयले पनि पोलिश भूमिमा क्षेप्यास्त्र प्रहार गरेको भन्ने आरोप खण्डन गरेको छ । अवस्थालाई थप उत्तेजक बनाउन यस्तो आरोप लगाइएको रुसी विदेश मन्त्रालयको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका लागि रुस प्रतिनिधि दिमित्री पोलियान्स्कीले नेटो र रुसबीच प्रत्यक्ष सैनिक टकराव उत्पन्न गराने प्रयास गरिएको टिप्पणी गरेका छन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै प्रमाण पेश नगरी रुसी क्षेप्यास्त्रले नेटो सदस्य मुलुक पोल्याण्डमा आक्रमण गरेको जनाएका थिए ।

नेटो अभिसन्धीको पाचौँ धारामा एउटा नेटो सदस्य मुलुकमाथि कुनै तेस्रो पक्षले आक्रमण गरेको खण्डमा सबै सदस्यले आक्रमणमा परेको मुलुकको रक्षार्थ शक्ति प्रयोग गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ४२ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले