तीन महिनामा झण्डै तीन खर्ब रेमिट्यान्स भित्रियो « Khabarhub

तीन महिनामा झण्डै तीन खर्ब रेमिट्यान्स भित्रियो


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ । अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ३६ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ