आम निर्वाचन : मतदानको दिन मौसम सफा रहने « Khabarhub

आम निर्वाचन : मतदानको दिन मौसम सफा रहने


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो। निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताए। उनले भने, ‘मौसम बदली आज मात्रै हो निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।’

महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मङ्सिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

मङ्सिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सभवना छ। सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी मङ्सिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै