पौडी खेल्न गएका दुई दाजुभाइको डुबेर ज्यान गयो | Khabarhub Khabarhub

पौडी खेल्न गएका दुई दाजुभाइको डुबेर ज्यान गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा पौडी खेल्न गएको एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर ज्यान गएको छ ।

म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुलबाट घर फर्कने क्रममा पोखरीमा पौडी खेलेका म्याग्दे–२ का कृष्ण वहादुर शाहीका ७ वर्षिय छोरा सुन्दर शाही र ४ बर्षिय किस्मत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

शाही दाजुभाइ पोखरीमा डुवेपछि १३ वर्षिय आशिक शाहीले हारगुहार गर्दा इट्टाभट्टामा काम गर्नें बर्तमान चौधरीले उनीहरुलाई उद्धार गरेका थिए।

पोखरीबाट उद्धार गरिएको भए पनि दबै दाजुभाइको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : ०१ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र