प्रदेश प्रहरीको व्यवस्थापनमा ‘पुल दरबन्दी’को व्यवस्था गर्न माग « Khabarhub

प्रदेश प्रहरीको व्यवस्थापनमा ‘पुल दरबन्दी’को व्यवस्था गर्न माग


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै समितिका सदस्य रामसहाय प्रसाद यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

उनले त्यसका लागि नेपाल प्रहरीमा पुल दरबन्दीको व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव पनि अघि सारे ।  सांसद यादवले प्रदेश लोक सेवा आयोगको गठन समेत नभएकाले पनि आवश्यक परेका बेला प्रदेश प्रहरीलाई नेपाल प्रहरीले आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने तर्क गरे ।

समितिका अर्का सदस्य राजकिशोर यादवले प्रदेश सरकारले नै प्रदेश मातहतका सबै निकायमा प्रहरी परिचालन गर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संविधानले प्रहरी चौकीको समेत कर्मचारी व्यवस्थापनको काम प्रदेश प्रहरीले गर्ने व्यवस्था गरेको उनको भनाइ थियो । यादवले प्रहरी सेवामा रहेका दम्पत्तिलाई पायक पर्ने गरी सरुवाको व्यवस्था गर्नुपर्ने सरकारको प्रस्ताव उचित भएको बताएका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : १२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम