ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ | Khabarhub Khabarhub

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई  ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए । गत साउन १७ गतेदेखि फरार रहेका  राजु र  कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरूले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : २४ बजे

माबिलुङ्ग इनर्जीको आइपीओ आउने 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्काशन

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको