महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट « Khabarhub

महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।

मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट यसअघि नै मदिरा बिक्रीवितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।

यसका बाबजुद पनि बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्रीवितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  २ : २२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा