निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन « Khabarhub

निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीले मकवानपुरको तीन सय ६४ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका २० अति संवेदनशील, केही संवेदनशील र बाँकी सबै मतदान केन्द्रमा उच्च सुरक्षा दिनका लागि सुरक्षाकर्मी खटिइसकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले सुरक्षा दिने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले जानकारी दिए । मकवानपुर जिल्लामा दुई निर्वाचन क्षेत्र र तीन लाख सात सय ७८ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ३९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु