निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन « Khabarhub

निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीले मकवानपुरको तीन सय ६४ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका २० अति संवेदनशील, केही संवेदनशील र बाँकी सबै मतदान केन्द्रमा उच्च सुरक्षा दिनका लागि सुरक्षाकर्मी खटिइसकेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले सुरक्षा दिने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले जानकारी दिए । मकवानपुर जिल्लामा दुई निर्वाचन क्षेत्र र तीन लाख सात सय ७८ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ३९ बजे

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक,

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता