भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि | Khabarhub Khabarhub

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन मेलाको आयोजना गरिएको बताए । यसका साथै वर्तमान आर्थिक तरलताको अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरूले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहने छन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।

‘महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती सहरबाट पनि सहभागिता हुने अपेक्षा रहेको छ’, मेला आयोजक मूल समितिका संयोजकसमेत रहेका न्यौपानेले भने, ‘यसले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरू चलायमान हुने विश्वास लिइएको छ ।’

सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरू माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण गरिने जानकारी दिए।

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भूकम्प, मधेस आन्दोलन तथा गत वर्ष कोभिडका कारण निरन्तरता दिन नसकिए पनि अबका दिनमा यसलाई निरन्तरता दिने सङ्घका अध्यक्ष न्यौपानेले बताए ।

भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएको छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ४३ बजे

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी