एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने « Khabarhub

एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मौन अवधिमा मतदातालाई पैसा बाडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ परेको घटनालाई जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका लागि निर्वाचन अनुगमन समितिलाई बोलाएको प्रहरीले जनाएको हो ।

मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

उनीहरू पक्राउ परेपछि अन्य दलका कार्यकर्ताहरुले उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको